गठबन्धनमा सहमति भएपनि वाम गठबन्धनको ढोका खुला छ – झलनाथ खनाल


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वाम गठबन्धनको ढोका अझै खुला रहेको बताएका छन् । उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भइसकेपछि पनि वामपन्थीहरुबीच कार्यगत एकताको पहल गर्न सकिने बताएका हुन् । एबीसी टेलिभिजनको कार्यक्रम ‘आउटलूक’ मा उनले अहिलेको सत्ता गठबन्धन नेतृत्वको सरकारप्रति चरम् असन्तुष्टि समेत पोखे ।

नेता खनालले भने, “स्थानीय तह निर्वाचनको प्राप्त भ्रमपूर्ण परिणामले कसैलाई जुरुक्कै उचालेको त, कसैलाई पछारेको छ । उनीहरुको दुइटै सिङ भाचिन्छ । पाँच दलीय गठबन्धनमा यति मत पाएँ भनेर घमण्ड गर्ने औचित्य देख्दिनँ ।”

यही कुराको आधारमा तालमेल हुनै नसक्ने दाबी समेत उनले गरे । “यसरी तालमेल गर्न खोज्यौं भने तालमेल हुदै, हुँदैन । म अहिले ठोकेर भन्छु । २०७४ को चुनावमा जे परिणाम छ, त्यो यथार्थ हो”, उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अबको युग समाजवादी क्रान्तीको युग भएकाले वामपन्थी मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले यसका लागि नेताहरुले गम्भिरतापूर्वक सक्रियता देखाउनपर्ने बताए । वाम पार्टीको एकताको सम्भावना एकदमै कम भएपनि असम्भव नभएको भन्दै उनले गम्भिर मतभिन्नताका बाबजुद पनि कांग्रेससँग एकता गर्न मिल्ने र कमल थापासँग गठबन्धन गर्ने एमाले पनि वाम गठबन्धनका लागि सकारात्मक बन्नुपर्ने धारणा उनको छ । यसका लागि व्यक्तिगत आग्रह, पूर्वाग्रह र बदलाको भावनाले काम गरिरहेको चर्चा उनले गरे ।

उनले भने, “केही दिनअघि केपी ओलीसँग त मेरो जम्का भेट पनि भयो । स्वास्थ्यको खबर, हाइ, हेल्लो भयो । तर, त्यो केही रेस्पोन्स भएन । त्यसैले यो महसुस भएकाहरुबीच मिलेर जाउँ भन्ने हो ।”

वाम आन्दोलन निकै चुनौतीपूर्ण अवस्थामा रहेकोले यसलाई बुद्धिमतापर्र्वक अवसरमा पनि बदल्न सकिने उनले बताए । कम्युनिष्ट आन्दोलनमा चुनौती र अवसर पनि रहेको भन्दै उनले जाने श्रीखण्ड र नजाने खुर्पाको बीड भन्ने प्रसंग जोडे । वाम पोलिटिकल पार्टीले राम्रोसँग बुद्धि पु¥याएर एउटै स्टन्टमा उभिए उनीहरुको आफ्नै शक्ति सिमन्टेट हुने आश्यकता पर्दा अझ निकट हुने र यसले पार्टी एकीकरणको समभावनाको ढोका मात्रै खोल्ने होइन कि, उत्तर र दक्षिणतिरको शक्तिको बार्गेनिङ पावर पनि बढ्ने खनालले उल्लेख गरे । एमाले एक्र्ल लडेपनि बहुमत नआउने उनले भने । यसले राष्ट्रिय हितमा समेत बल पुग्ने उनले बताए ।

विगतमा नेकपाको बहुमत सरकारले पनि राष्ट्रहितमा संवेदनशीलता नदेखाएको र एमसीसीका सम्बन्धमा ओली सरकार पनि संलग्न रहेको उनले बताए । उनले भने, “अगाडिको सरकारले पनि राष्ट्रियताको मामिलामा अडान लिन सकेन ।”

राती राती गुप्तचर भेटघाट, त्यसैले त्यो बेला विद्रोह भयो । गठबन्धनको सरकार बन्यो । देशले राजदूत नियुक्ति गर्ने शिलशिलामा पश्चिमा देशको सबै गर्दा चीनको लामो समय राजदूत नियुक्ति गरिएन । ढिलाइ भइरह्यो । युक्रेन घटनामा भारत र चीन नबोलेकै अवस्थामा नेपालले बोल्न हतार गरेको उनले बताए ।

यी लगायत अमेरिकाको प्रस्तवमा खुसी पार्ने ढंगबाट सहमति जनाउनु बेठीक रहेपनि यही ढंगबाट नेतृत्व अघि बढिरहनुपर्ने अवस्था भएको उनको भनाइ छ । उनले आगामी चुनावमा केही दिन अघि बालुवाटारमा तालमेल गर्ने सहमति भएको र यसका लागि कार्यदल बनाएर भदौको पहिलो हप्तासम्म टुंगो लगाउने कुरा भएको बताए । तर,यसलाई कसरी कार्यान्वयन गर्ने र टुंगोमा पु¥याउने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com