नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाल चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वस्त पारेको बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन विश्वास दिलाएको उनले बताए ।

उनले भने,- ‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्ध रहेको बताउँदै हाम्रो भूमी चीनको विरुद्धमा प्रयोग हुन् नदिने कुरामा विश्वास दिलाएको छु । यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको दोहोराउनु भएको छ ।’

उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको जानकारी दिए । मन्त्री खड्काले नेपालको विकासमा चिनको सहयोग रहने बताउँदै नेपालमा सञ्चालित विकासका योजनाहरु समयमै सम्पन्न चिनले प्रतिबद्धता जनाएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ताइवान मामिला चर्किरहेको बेलामा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गरेका हुन् । ताइवानका सन्दर्भमा भारत मौन रहेको बेलामा नेपालले चीनको एक चीन नीतिप्रति समर्थन जनाए लगत्तै खड्काले चीनको भ्रमण गरे ।

अहिले नयाँ पृष्ठभूमि विकाश भएतापनि परराष्ट्रमन्त्री खड्काको भ्रमण दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानकै एउटा सिलसिला हो। मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका आएको बेला परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएकोमा खड्काले उक्त निमन्त्रणा स्वीकार गर्दै चीनको भ्रमण गरे ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता यो उनको पहिलो चीन भ्रमण हो । गतसाता नेपालको परराष्ट्र मन्त्रालयले ट्विट गर्दै एक चीन नीतिको समर्थन गर्नुका साथै ताइवान मुद्दामा आफ्नो अडान स्पष्ट गरेको थियो ।

ट्विटमा भनिएको थियो “नेपालले ताइवानको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको छ । नेपाल सधैं एक चीन नीतिको समर्थक रहेको छ । नेपाल र चीन दुवै देशले एकअर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएका छन् ।”

भारतका लगभग सबै छिमेकी राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाले चीनको एक चीन नीतिलाई समर्थन गर्दा भारत भने मौन छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com