Follow @khasokhasmag

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

कोरोना भाइरसको सङ्क्रमणका कारण एकै दिन पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही समय मृत्यु हुने क्रम रोकिए पनि पछिल्लो समय बढिरहेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको ज्यान गइसकेको छ ।

यस्तै थप आठ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ हजार सात सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com