पूर्वमन्त्रीहरु खगराज र महेन्द्र यादवबीच भनाभन, चुनावमा देखाइदिने चुनौती


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

पूर्वमन्त्री खगराज अधिकारी र महेन्द्र यादवबीच भनाभन भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेपाली काँग्रेसका सहमहामन्त्री यादव र नेकपा एमालेका स्थायी कमिटी सदस्य अधिकारीबीच भनाभन भएको हो । मंसिर चार गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयमा धारणा व्यक्त गर्ने क्रममा नेताहरु वादविवाद गर्न पुगेका हुन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ५ दलीय गठबन्धन र एमालेका विषयमा टिका टिप्पणी गरिहँदा संचारकर्मीले प्रश्न गरेका थिए । गठबन्धनको औचित्य र एमालेलाई एक्ल्याउनुको कारण बारे प्रश्न गरेपछि यादवले अघिल्लो चुनाबमा कांग्रेस एक्लै लडेको र एमालेले माओवादीसँग गठबन्धन गरे जस्तै अहिले आफूहरु ५ दलबीच गठबन्धन गरेर चुनाव लड्न लागेको बताएका थिए ।
त्यसपछि एमालेका नेता खगराज अधिकारी प्रतिवादमा उत्रिएका थिए । कांग्रेसले गठबन्धन नगरी चुनावमा जाने हो भने एक सिट पनि जित्दैन भन्दै अधिकारी जंगिएका थिए । त्यसपछि यादवले निर्वाचन आयोगमा गएर यसअघिको चुनाबको मत संख्या हेर्न चुनौति दिए ।

बसेको ठाउँबाट उठेर अधिकारीले भने–“कांग्रेस र हामी एक्लै चुनाब लडौँ । हामी दुई तिहाईभन्दा बढि ठाउँमा कांग्रेसलाई हराएनौँ भने म राजनीति छोडिदिन्छु ल ।”
यादवले जवाफ फर्काए–“एक्लै लडेर त दुई सय आयो । हाम्रो कति आयो तीन सय ४८ । ” स्थानीय तहको नतिजाको तथ्याङ्क प्रस्तुत गरेका यादवले कांग्रेसले जितेको ३ सय २९ लाई ३ सय ४८ भन्न भ्याए । एमालेले जितेको २ सय प्रमुख/अध्यक्ष हो ।

एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै लड्छु भनेर पनि थुप्रै साना दलसँग गठबन्धन गरेको तर आफूहरुको गठबन्धनको आलोचना गरेको यादवले बताए ।बहस चर्काचर्की भइरहँदा संचारकर्मीले पनि कांग्रेस सिद्वान्त नमिल्ने कम्युनिष्ट दलहरुसँग किन गठबन्धन गर्न गयो भनेर यादवलाई प्रश्न गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यादवले पनि कम्युनिष्टहरुको सिद्धान्त छ भने एउटै बनाएर देखाउन चुनौति दिए । उनले अधिकारीलाई देखाउँदै भने–“दोकान २० वटा खोल्ने । अनि सिद्वान्त एउटै छ भनेर भन्ने ?”
त्यसपछि अधिकारी फेरी बोल्न गए, यादव सिटमा गएर बसे । अनि अधिकारीले एमालेको गुणगान गाउन थाले । ५ दलीय गठबन्धनलाई सिद्वान्तविहिन भन्दै थिए । संचारकर्मीलवे प्रश्न गरिहाले–तपाईहरुको राप्रपासँग सिद्वान्त मिल्छ ?

अधिकारीले जवाफ दिए–सिद्वान्त र नीति मिल्दैन । तर कतिपय कुरा… भनेर मिलाउन खोज्दै थिए । संचारकर्मीले प्रश्न गरिहाले–अनि तालमेल किन गर्नुहुन्छ ? अधिकारीले तालमेल र गठबन्धन फरक कुरा हो भनेर टार्ने प्रयास गरे । संचारकर्मीले तालमेल भए पनि गठबन्धन भए पनि चुनाब जित्नै खोजेको त हो नि भन्दै थिए अधिकारी महेन्द्र यादवतर्फ खनिए । “महेन्द्र यादवका लागि होला थुतुनो चिलाएर होला । सभ्यताका साथ बोल्न जान्नुपर्यो नि ।” अधिकारीले भने ।
अधिकारीले कांग्रेसमाथि जाने जति आरोप लगाए । फेरी यादव बोल्न आए, अधिकारी सिटमा बसे । अनि अधिकारीले लगाएका आरोपको यादवले खण्डन गर्न थाले । “एमाले जस्तो दोधारे र झुटो राजनीति हामी गर्दैनौँ ।” यादवले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com