अमेरिकाले ताइवानलाई १ दशमलव ४२ बिलयनको हतियार बेच्ने


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

अमेरिकाले ताइवानलाई १ दशमलव ४२ बिलियन डलरको हतियार बेच्ने तयारी गरेको अमेरिकी विदेशमन्त्रालयले पुष्टी गरेको छ । चीनको सहयोगमा उत्तर कोरियामाथि लगाम लगाउने अमेरिकी प्रयास भइरहदा ट्रम्प प्रशासन अन्तरगतको यो पहिलो ब्यापारले चीनलाई आक्रोशित बनाउनसक्ने देखिएको छ ।

ताइवानलाई बेचिने प्याकेजमा ताइवानको आत्मरक्षा क्षमता बढाउने खालका पूर्व सुचना दिने राडार, उच्च गतिका विकिरणरोधक मिसाइल र मिशाइलका भागहरु लगायत रहेका छन् । तर अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले ताइपेइलाई नभई बेइजिङलाई मान्ने अमेरिकाको एक चीन नीतिमा भने परिवर्तन नआएको बताएकी छिन् ।

कँग्रेशको स्वीकृति चाहिने उक्त बिक्री ट्रम्प प्रशासनको माताहतमा ताइवानका लागि पहिलो भएपनि यसअगाडि २०१५ को डिसेम्बरमा ओबामा प्रशासनले १ दशमलव ८३ बिलियन डलरको हतियार ताइवानलाई बेच्न स्वीकृति दिएको थियो । ताइवानको रक्षा मन्त्रालयले अमेरिकाबाट ल्याइने हतियारले ताइवानको हवाई र सामुद्रिक युद्धको क्षमता बढाउने बताएको छ । तर चीनले भने ताइवानसँग अमेरिकाले बढाएको सम्बन्ध सन् १९७९ मा अमेरिकाले स्वीकार गरेको एक चीन नीतिको बिरुद्ध रहेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com