अमेरिकाको रात्रि क्लवमा गोली चल्दा २८ घाइते (गोली चलेको भिडियो)


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

संयुक्त राज्य अमेरिकाको अर्कान्ससमा लिटिल रकस्थित एक रात्रिक्लवमा शनिबार विहानीपख भएको आक्रमणमा २८ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । घाइते हुनेहरु १६ देखि ३५ बर्षभित्रका रहेका छन् ।

१७ जना गोली प्रहारबाट घाइते भएको र अरु भाग्न खोज्दा घाइते भएको जनाइएको छ । शहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन् ।

पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा दुई समूहवीच भएको भडपले उग्ररूप लिँदा भएको प्रहरीको दावी छ ।
घटनामा घाइतेमध्ये सवैजना खतरामुक्त रहेको पनि प्रहरीले ट्वीटरमार्फत जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com