ललितपुर ग्वार्कोमा गुडिरहेको ट्याक्सीमाथि बस पल्टिएर किच्यो


प्रकाशित मिति : श्रावण ११, २०७९ बुधबार

ललितपुर । ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । सातदोबाटोबाट कोटेश्वरतिर आउँदै गरेको बा ३ ख ४४४० नम्बरको बस पल्टिएर विपरीत दिशामा रहेको बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय माइकल भनिने नकलबहादुर महर्जनलाइ नियन्त्रणमा लिएको छ  । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com