थाल बजाउँदै काठमाण्डौको सडकमा निस्किएका महिलाहरु (भिडियो)


प्रकाशित मिति : श्रावण ११, २०७९ बुधबार

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महङ्गी, महिला हिंसा, भ्रष्टाचार र नागरिकता विधेयककाविरुद्ध काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।
दोस्रो चरणको आन्दोलनअन्तरगत काठमाण्डौको भृकुटीमण्डपमा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागि सबैले हातमा थाल लिएर चम्चाले ठटाएका थिए ।

विरोध कार्यक्रममा सहभागि संगठनकी अध्यक्ष अन्जना शाह रावलले महङ्गी र मूल्यवृद्धिले नागरिकको ढाड सेकिएकोले आन्दोलन गर्नुपरेको बताइन् । त्यसैगरी महिला हिंसा र भ्रष्टाचार बढेकाले पनि चुप लागेर बस्न नसकेको भन्दै उनले तेस्रो चरणको आन्दोलन पनि गर्ने बताइन् ।

प्रदर्शनमा सहभागिहरुले महङ्गी अत्याधिक बढ्दा भान्सामा काम गर्ने गृहणीहरुलाई निकै समस्या भएको गुनासो गरेका छन् । मुख्यगरी महङ्गीको विरोधका लागि कार्यक्रम गरेका उनीहरुले भ्रष्टाचार, महिला हिंसा र नागरिकता विधयकको विरुद्धमा पनि बोलेका हुन् ।-श्रोत एनएनबी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com