दाउन्नेमा बस पल्टिएर आगो लाग्दा ३१ जना घाइते, ४ को अवस्था गम्भीर


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्, चारको अवस्था गम्भीर छ। आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस  अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए। बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ।

घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com