प्रधानमन्त्री देउवाविरूद्ध नाराबाजी,नागरिकता विधेयक खारेजी गर्न माग (भिडियो )


प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार

 

भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘भिमसेना थापा स्मृति पुरस्कार’ वितरण कार्यक्रमा प्रधानमन्त्री शेर बहादुर देउवाविरूद्ध नाराबाजी भएको छ ।
प्रधानमन्त्री देउवा सहभागी उक्त कार्यक्रममा उपस्थित एक युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, भन्दै नारा लगाएका थिए । त्यसपछि कार्यक्रम हलमा अन्य तीन जना युवाहरुले पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षाकर्मीले नियन्त्रण लिएपछि युवाहरुले ‘एमसिसीको मतियार शेरबहादुर देउवा, मुर्दावाद’ भन्दै झन ठूलो स्वरमा नारा लगाएका थिए । नियन्त्रणमा लिएका तीनै जना युवाहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ -/ श्रोत एनएनबी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com