वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताउनुभयो ।

उहाँले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गर्नुभयो । उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले एनआरएनए सदस्यलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । “एनआरएनए सदस्यका लगानी आकर्षित गर्न सहजीकरण गरिन्छ । ठूलो लगानी भित्र्याउन तपाइँहरू सक्रिय भइदिनुस्”, मन्त्री बडूले भन्नुभयो । उहाँले राष्ट्रिय उत्पादन बढाउने र रोजगारी सिर्जना गाउँदेखि सहरसम्म विस्तार गर्न बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालयका सहचिव रमेशकुमार केसीले आधुनिकता र विकासको साझेदारका रुपमा रहेको एनआरएनलाई सरकारले लिएको भन्दै विदेशी मुद्रामा निक्षेप राख्न पाउने प्रावधान ल्याइएको र देशभित्र लगानी सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले दुवै सक्रिय हुनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले श्रमिकले १० प्रतिशत शेयर भर्न पाउने व्यवस्था भदौ भित्रै कार्यान्वयनमा ल्याउनेगरी आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल बैंकर एसोसिएशनका पूर्वध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक पुँजीको राम्रो स्रोत एनआरएनएको लगानी भए पनि बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउन नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै पर्यटन पूर्वाधार, जलविद्युत्लगायत क्षेत्रमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रह गर्नुभयो । उहाँले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

रेमिट्यान्स एशोसिएसनका अध्यक्ष चन्द्र टण्डनले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स नेपाल भित्र्याउने वातावरणका लागि एनआरएनएले सहजीकरण गरिदिन आग्रह गर्नुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले एनआरएनएलाई नेपालीसरह लगानी गर्ने वातावरण सहजीकरण गरिदिन सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभयो । एनआरएनएका अध्यक्ष डा बद्री केसीले लामो समयदेखि उठाउँदै आएको एनआरएनएले नेपाली सरह लगानी गर्न पाउने वातावरण सुनिश्चित हुन लागेकामा खुसी व्यक्त गर्नुभयो ।

थप श्रम गन्तव्य खोलिँदै

यसअघि कार्यशालाको पहिलो सत्रको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अन्तर्राष्ट्रिय श्रम गन्तव्य बजार क्रमशः खोल्दै त्यसलाई सुरक्षित र व्यवस्थित गरिने बताउनुभयो । उहाँले नयाँ श्रम बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गर्नुभयो ।
श्रममन्त्री कुँवरले भन्नुभयो, “श्रम बजार खुला गर्नुको विकल्प छैन तर यसलाई सहज, सुरक्षा र पारिश्रमिकको सुनिश्चिततालाई हामीले एकदमै प्राथमिकताका साथ अघि बढाउनुपर्नेछ ।” मन्त्री कुँवरले वैदेशिक रोजगारीमा रहेका अनेक विकृति र विसङ्गतिलाई निर्मूल पार्दै श्रम गन्तव्यलाई कसरी सुरक्षित र व्यवस्थित गरिने उल्लेख गर्नुभयो ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै सामाजिक सुरक्षा कोषलाई प्रभावकारी ढङ्गले परिचालन गर्न मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कोष अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४६ लाख श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् भने झण्डै १५ लाख गैरकानुनीरुपमा विदेशमा काम गर्छन् । सरकारले विभिन्न ११ मुुलुकसँग श्रम सम्झौता गरेको छ । अन्य मुलुकसँग पनि थप श्रम सम्झौता गरिने सचिव अर्यालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com