ह्वाइट हाउसले बनायो अमेरिकी भिसा सम्बन्धि नयाँ मापदण्ड


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

ह्वाइट हाउसले ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरु र सबै शरणार्थीहरुका लागि भिसा आवेदनसम्बन्धि नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्ड अनुशार उनीहरुले अमेरिका आउनका लागि अमेरिकामा नजिकको ब्यापारिक वा पारिवारिक सम्बन्ध देखाउनुपर्नेछ । नयाँ नियमले इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकहरु लगायत सबै शरणार्थीलाई प्रभाव पार्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको आदेश कार्यान्वयनमा सर्बोच्च अदालतले अनुमति दिएपनि ह्वाइटहाउसले अदालतको आदेश अनुशार भिसाका नयाँ मापदण्ड तय गरेको हो । नयाँ नियम अनुशार अमेरिकामा पारिवारिक वा ब्यापारिक प्रकारको नजिकको सम्बन्ध नहुने ६ देशका नागरिकले ९० दिनसम्म अमेरिकाको यात्रा गर्न पाउने छैनन् ।

नजिकको सम्बन्धका रुपमा दम्पत्ति, छोराछोरी, बुहारी, दाजुभाईदिदीबहिनी, सौतेला  दाजुभाईदिदीबहिनीलाई परिभाषित गरिएको छ । तर हजुरबाहजुरआमा, अंकल, अन्टी, भतिजहरु, भान्जाभान्जीहरु, नातिनातिनीहरु, अन्य भाउजु, भिनाजु जस्ता सम्बन्धहरुलाई भने नजिकको पारिवारिक सम्बन्धका रुपमा परिभाषित गरिएको छैन । अमेरिकाका शैक्षिक वा ब्यापारिक सम्बन्ध भएकाहरु भने आउन पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com