अब अमेरिका आउने १०५ देशका नागरिक कडा जाँचमा पर्ने


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

अमेरिकाले अमेरिका आउने विमानका यात्रुहरुको जाँचबुझको मापदण्डमा बुधबारदेखि अझ कडाई गरेको छ । ८ वटा मुस्लिम बाहुल्य देशहुँदै अमेरिका आउने विमानमा यात्रुहरुलाई ह्याण्डक्यारीमा ल्यापटप ल्याउनमा लगाइएको प्रतिबन्ध कायम राख्दै थप कडा जाँचबुझ थपिएको हो ।

गत मार्चमा विभिन्न ८ वटा मुस्लिम बाहुल्यदेशहुँदै अमेरिकामा आउने यात्रुहरुले आफ्नो साथमा रहने ह्याण्डक्यारीमा ल्यापटप जस्ता सामाग्रीहरु ल्याउनमा प्रतिबन्ध लगाइएको थियो । नयाँ मापदण्ड अनुशार अब विश्वका १०५ वटा देशबाट अमेरिका आउने यात्रुहरुका ल्यापटप, मोबाइल, क्यामेरा जस्ता सामाग्रीहरुको कडा जाँच गरिनेछ । ती देशबाट आउने यात्रुहरुलाई पनि छानविनका लागि नयाँ र कडा मापदण्ड बनाइएको छ ।

नयाँ मापदण्ड अनुशार यात्रु र विद्युतीय उपकरणको छानविनमा कडाईमात्र गरिएको छैन, एयरक्राफ्ट र यात्रुका क्षेत्रमा सुरक्षा प्रोटोकल बढाइएको छ । नयाँ मापदण्ड अनुशार कुकुरमार्फत गरिने जाँचबुझ पनि कडा बनाइएको छ ।

बुधबारदेखि लागु नयाँ नियमबाट विभिन्न १०५ देशका २८० विमानस्थलबाट १८० एयरलाइन्सहुँदै अमेरिका आउनेहरु प्रभावित हुनेछन् । ती देशहरुबाट औषतमा हरेक दिन २१ सय उडान हुने गरेको र ३ लाख २५ हजार यात्रु अमेरिका आउने गरेको अमेरिकी सरकारले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आतंकवादी समुहहरुले लगातार विमानबाट यात्रा गर्नेहरुलाई निशाना बनाइरहेको सुचनाका आधारमा सुरक्षा प्रबन्ध बढाउन यसो गरिएको अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले जनाएका छन् ।

यसअगाडिको विद्युतीय सामाग्री प्रतिबन्धबारेको नियममा टर्की, मोरक्को, जोर्डन, इजिप्ट, युएई, कतार, साउदी अरेयिबा र कुवेतहुँदै अमेरिका आउने यात्रुहरुलाई स्मार्टफोनभन्दा ठूला उपकरण क्याबिनमा बोक्न प्रतिबन्ध लगाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com