माओवादीले हतियार के का लागि उठाएको : केपी ओली


प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीले सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारेको आरोप लगाएका छन् । ‘संविधानसभाका लागि हतियार उठाउनु पर्दथ्यो र ? अहिलेसम्म पनि माओवादीले के का लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, उनले भने ।

माओवादीले के का लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ ।’ माओवादीले सशस्त्र आन्दोलन थाल्दाका माग सर्वपक्षीय गोलमेच सम्मेलन, सर्वदलीय सरकार, र संविधानसभा मात्रै भएको उनको तर्क छ ।

अनावश्यक समयमा हतियार उठाउने, देशमा विग्रह मच्चाउने र युवाहरुलाई खाडीमा पठाउने काम माओवादीले नै गरेको अध्यक्ष ओलीको दावी छ । एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभामा बोल्दै अध्यक्ष ओलीले,छवि कार्कीलाई घरमा गएर हड्डी भाँचेर मार्नुपर्ने कारण के हो ? प्रचण्डलाई थाहा छ ?’छवी कार्कीको हत्या कमजोरी थियो भनेर प्रचण्डले जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले माओवादीलाई प्रहार गर्दै भने ‘अलिकति लज्जाबोध छैन, ढुंगाले हानेर, हड्डी भाँचेर, मैले छवि कार्कीको शव हेरेको थिएँ । नेपाली जनतासँग माफी माग्नु छैन । जनता पनि कहिले सचेत हुने होला त्यस्तालाई पनि अझै भोट हालिरहेका छन्’, उनले भर्ने यो सरकारलाई, सरकार हुँ भनेर बस्न लाज लाग्दैन महङ्गीले जनतालाई गारो भाको छ । अर्थमन्त्री ढुकुटीभित्र गएर चोरी गर्छ ।’

राजाले घोषणा गरेको संसद पुनस्र्थापनालाई जनयुद्धको उपलब्धि मान्ने हो भने त्यो घोषणा आफूले मस्यौदा गरेको भन्दै ओलीले गणतन्त्र,धर्मनिरपेक्ष जस्ता उपलब्धि माओवादी जनयुद्धबाट नभएर पुनस्र्थापित संसदबाट भएको दावी समेत गरे ।अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्खालोमा लैजाने पथ भएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com