गत बर्ष महामारी बेरोजगारी सहायता लिएकाले जुलाई १ भित्र कागजात नबुझाएको भए के हुन्छ ?


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

सन् २०२० को डिसेम्बर २७ पछि बेरोजगारी विमा अन्तरगत महामारी बेरोजगारी सहायता पीयुएमार्फत रकम लिएका र  मे महिनामा थप कागजात पेश गर्नका लागि सुचना पाएकाहरुलाई कागजात बुझाउनका लागि जुलाई १ को डेडलाइन तोकिएको थियो । तर कतिपयले उक्त डेडलाइनभित्र समेत कागजात बुझाएका छैनन् ।

संघीय कानून अनुशार सुरुमा पीयुएका लागि आवेदन दिंदा पीयुए सुविधाका लागि योग्य भएको प्रमाणित गर्ने र साप्ताहिक रुपमा प्रमाणिकरण गरेको हुनुपर्ने भएको भन्दै थप कागजात मागिएको थियो । रोजगार, स्वरोजगारको कागजात वा रोजगार तथा स्वरोजगार सुरु गर्ने योजना बनाएको प्रमाणित गर्ने कागजात पेश गर्नुपर्ने प्रावधान रहेको थियो ।

सन् २०२० को डिसेम्बर २७ वा त्योपछि एकसाता वा त्योभन्दा बढीको पीयुए रकम लिएकाहरुले विगतमा कागजात बुझाएको भएतापनि फेरी बुझाउन भनिएको थिउो । अब तोकिएको डेडलाइन भित्र रोजगार, स्वरोजगारको कागजात वा रोजगार तथा स्वरोजगार सुरु गर्ने योजना बनाएको प्रमाणित गर्ने कागजात पेश नगरेकाहरुलाई लेबर डिपार्टमेन्टले केहीदिनभित्र निर्णय पठाउने भएको छ । यद्यपी त्यस्तो निर्णय पुनरावेदन भने गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तोकिएको डेडलाइन भित्र कागजात नबुझाएको खण्डमा आउने निर्णयले तपाईलाई सम्पूर्ण अवधिका लागि पीयुए सुविधाका लागि अयोग्य सावित गर्नसक्छ । सन् २०२० को डिसेम्बर २७ पछि प्राप्त रकम बढी पठाएको ठहर गरिनेछ भने तपाईले उक्त रकम फिर्ता गर्नुपर्नेछ ।

तोकिएको डेडलाइन भित्र कागजात पेश गरेकाहरुसँग थप जानकारी आवश्यक परेको खण्डमा लेबर डिपार्टमेन्टले पीयुए लिएकाहरुलाई सम्पर्क गर्नेछ । वा निर्धारणपत्र मार्फत तपाईलाई पीयुए प्राप्त गर्न अयोग्य भएको ठहर गरिनेछ । पेश गरिएको कागजात पनि अस्वीकृत भएमा तपाईले सन् २०२० को डिसेम्बर २७ पछि पाएको रकम फिर्ता गर्नुपर्नेछ ।

यदि तोकिएको डेडलाइनभित्र कागजात बुझाउनुभएको छैन र अपिल गर्ने योजनामा हुनुहुन्छ भने निम्न कागजातहरु तयारी अवस्थामा राख्न सक्नुहुनेछ ।

प्रमाणको रुपमा अघिल्लो बर्षको डब्ल्यु टु फर्म पेश गर्न सकिने प्रावधान छ । सन् २०१९ को डब्ल्यु टु फर्म पेश गर्न सकिनेछ । डब्ल्यु टु फर्म नभएको खण्डमा सन् २०१९ को पेचेक स्टब पेश गर्न सकिन्छ । पेचेक स्टब बुझाउनेहरुले पूरै बर्षको नभई ५ वटासम्म पेचेक स्टब बुझाउनुपर्छ ।

पेचेक स्टब पनि नभएकाहरुले सन् २०१९ को आम्दानी र विदाको स्टेटमेन्ट समेत बुझाउन सक्छन् ।

यदि पीयुए आवेदन दिनु अगाडि काम गर्नुभको थिएन भने काम गर्ने योजनामा रहेको कागजात पेश गर्नुपर्छ । त्यस्तो अवस्थामा जागिरको अफर गरेको पत्र पेश गर्न सकिन्छ । जागिरको अफरको पत्र नभएको खण्डमा रोजगारदाताका तर्फबाट लेखिएको पहिले रोजगारमा राख्न चाहेको आशयको पत्र पेश गर्नुपर्छ ।

त्यस्तै स्वरोजगारहरुले २०१९ को ट्याक्स रिटर्न पेश गर्न सक्छन् । ट्याक्स रिटर्न नभएको खण्डमा १०९९ पनि पेश गर्न सकिन्छ । त्यस्तै संघीय वा राज्यको ट्याक्स आईडी नम्बर समेत पेश गर्न सकिन्छ । विजनेश लाइसेन्स वा विजनेश रिसिप्ट पनि पेश गर्न सकिन्छ । स्वरोजगार सुरु गर्न चाहेको विवरणसहित कुनै व्यक्तिले पत्र समेत तयार पारिदिन सक्छन् ।

यदि स्वरोजगार सुरु गर्ने योजना बनाएको तर महामारीका कारण नसकेकाहरुले विजेनश लाइसेन्स वा विजनेशका तर्फबाट राज्य तथा संघीय ट्याक्स आईडी नम्बर, व्यवसायको लिखित योजना वा लिजका कागजात समेत पेश गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com