रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्य ९ पुग्यो, २३ जना घाइते


प्रकाशित मिति : असार २१, २०७९ मंगलबार

 

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न. को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०-३५ मिटर तल खसेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com