ओलीको चुनौती, ‘एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गर’


प्रकाशित मिति : असार २०, २०७९ सोमबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले चुनौती दिँदै भने ‘एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण संसदमा पेस गरियोस् । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।’ एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उनले बताए ।

सरकारप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘इनफ भएपछि बोल्न आएको हुँ, अब चाहिँ अति नै भयो । मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडे ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com