२ सय बढी गीत गाइसकेका अमेरिका निवासी चर्चित गायक रोशन गुरुङले ल्याए ‘सही हो नी कान्छी’


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

‘सबै कुरा भन्दा नि पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’ लगायतका दर्जनौ हिट गीतका गायक अमेरिका निवासी रोशन गुरुङको नयाँ गीत ‘सही हो नी कान्छी’ सार्वजनिक भएको छ । २ सयभन्दा बढी गीत गाइसकेका गुरुङले अमेरिका बसाईका क्रममा पनि आफ्नो गीत संगीतको यात्रालाई निरन्तरता दिने क्रममा २ दर्जन बढी गीत गाइसकेका छन् ।

कुमार गुरुङको शब्द रहेको गीतमा इन्द्र गुरुङले संगीत दिएका छन् । गीतको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय देख्न सकिन्छ ।

इलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन भएको भिडियो हरी गोले लामाले छायाँकन गरेका हुन् । भिडियोका निर्देशक बाबु जिम्बा रहेका छन् ।

हालै नेपाल भ्रमणका क्रममा गुरुङले नयाँ गीत रेकर्ड गराएका हुन् । नेपालमा जाँदा रेकर्ड गराएका आफ्ना अन्य गीतपनि आउने क्रममा रहेको गुरुङले खसोखासलाई जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com