क्यानाडाको प्रतिष्ठित बहुसांस्कृतिक महोत्सवमा मौलिक पहिचानसहित नेपाली सहभागिता


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

क्यानाडाको प्रतिष्ठित महोत्सव ‘किचनर वाटरलू मल्टिकल्चरल फेस्टिभल २०२२’ मा नेपाली समुदायले आफ्नो मौलिक पहिचानसहित सहभागिता जनाएको छ।

५५औँ संस्करणको उक्त महोत्सवमा नेप्लिज कम्युनिटी वाटरलू रिजन (एनसिसिडब्लुआर) बाट नेपाली समुदायले प्रतिनिधित्व गरेका थिए।

महोत्सवमा विश्वका विभिन्न देशबाट क्यानाडा आएकाहरुको उल्लेख्य सहभागिता थियो।

दुई दिने महोत्सवमा नेपाली समुदायका बालबालिकाहरुले नृत्य, गायन र सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए।

उनीहरुले ‘यो हो मेरो प्राणभन्दा प्यारो, माइती घर’, ‘लाली गुराँस अजम्बरी’, ‘सुर्के थैली खोइ’, ‘यो कुरा गोप्य नै राखौंला’, ‘हिजो राति सपनीमा’, ‘टाकन टुकन’, ‘एक–एक जोडे दुई’, ‘पिरतीको जालैमा’ जस्ता गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए।

प्रस्तुत गर्नेहरुमा अन्जेलिका श्रेष्ठ, स्मृति पोख्रेल, अरनिमा श्रेष्ठ, ओजस्वी केसी, सिल्विया मल्ल, मिमाङ्सा श्रेष्ठ, शिशिर पोख्रेल, स्नेशा गौतम, आरसी साउन, अमित श्रेष्ठ, रिवाज प्याकुरेललगायत थिए।

एनसिसिडब्लुआरले वाटरलू रिजनमा नेपाली भाषा, कला र संस्कृतिलाई विभिन्न कार्यक्रमहरुमा प्रस्तुत गरेर विदेशीमाझ परिचित गराउँदै आएको छ।

यसैगरी संस्थाले विभिन्न समयमा सामुदायिक कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com