बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

बाढीले डाइभर्सन बगाउँदा पूर्व(पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताए ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com