न्युयोर्क निवासी कलाकार राम सिंहको शब्द, संगित र स्वरमा ‘जाउँ कतै तिमी र म’


प्रकाशित मिति : असार १४, २०७९ मंगलबार

अमेरिकाको न्युयोर्क निवासी कलाकार राम सिंहको शब्द, संगित र स्वरमा नयाँ गीत जाउँ कतै तिमी र मको भिडियो सार्वजनिक भएको छ । उनलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

कलाकारहरु आकाश श्रेष्ठ र रुविना थापाको अभिनय रहेको गीतको भिडियो बुद्ध थापाले खिचेका छन् भने निर्देशन केशब राज भट्टले गरेका छन् ।
उक्त भिडियोको निर्माण न्युयोर्कमा रहेको मोक्तान डिजिटलले गरेको हो ।

उक्त गितमा समर्पण भावसहितको प्रतिबद्ध प्रेम कहानी देखाइएको छ । थुप्रै नेपाली गीतका सर्जक राम सिंहले आफू अमेरिकामा रहेपनि नेपाली गीत संगितलाई सधै माया गर्ने र निरन्तरता दिने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com