Follow @khasokhasmag

लन्डनमा २४ वर्षीय रिदम पोखरेल एक महिनादेखि बेपत्ता, खोजी गर्दै बेलायती प्रहरी


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

बेलायतमा झन्डै एक महिनादेखि बेपत्ता एक नेपाली युवाको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ । लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि बेपत्ता छन्।

रिदम हराएको एक महिना हुन लाग्दासमेत उनको अवस्था अज्ञात रहँदा बेलायती प्रहरी भने उनको खोजीमा जुटिरहेको छ ।

हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक अपिल जारी गरेको छ। उनको बारेमा कुनै जानकारी भए रिफरेन्स 104/21June उल्लेख गरी 101 मा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रहरीले रिदम पछिल्लो पटक गत मे २९ मा हेजमा देखिएको जनाएको छ।

रिदमको खोजीमा सघाउने उद्धेश्यले बेलायतवासी नेपालीहरुले पनि सामाजिक सञ्जालमार्फत् अपिल शेयर गरिरहेका छन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com