न्युयोर्कको रिजउड नेपाली समाजले १९ लाख ९० हजारको भवन किन्ने, कबोल रकम उपलब्ध गराउन अनुरोध


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

न्युयोर्कको रिजउड नेपाली समाजले १९ लाख ९० हजारको भवन किन्ने सम्झौता गरेको जनाएको छ । अहिलेको जग्गा बेचेर तीन ब्लक नजिकै रहेको ४ वटा अपार्टमेन्ट, एउटा कार्यालय र एउटा हल रहेको भवन किन्ने सम्झौता भएको रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्टले जानकारी दिए ।

जग्गामा भवन निर्माण कार्य कोरोना महामारीका कारण अगाडी बढाउन नसकेको समाजको दावी छ । गतबर्षको जुन ५ मा भएको साधारणसभाले जग्गा बेचेर भवन किन्ने निर्णय गरे अनुरुप अहिलेको जग्गा ९ लाख ९९ हजार डलरमा बेचेर लगभग सोही क्षेत्रफलकै नयाँ भवन किन्ने सम्झौता भएको जनाइएको छ ।

रिजउड नेपाली समाजले १९ लाख ९० हजारमा किन्ने सम्झौता भएको भनिएको भवन

२ महिना भित्र जग्गा बिक्री र नगद गरी नपुग रकम पुरागर्नुपर्ने भएकोले सन् २०२० र २०१७ को महापुराणमा दाताहरुले बोलकवोल गरेको रकम यथाशीघ्र उपलब्ध गराएर न्युयोर्कमा नेपालीहरुको आफ्नै मन्दिर तथा सामुदायीक भवन स्थापना गर्नको लागी सहयोग गर्न अनुरोध गरिएको छ । दाताहरुको सुबिधा अनुसार नगद, चेक, सिधा डिपोजिट, डेबिट कार्ड, क्रेडिट कार्ड वा पेपलको माध्यमबाट दान गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com