पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उहाँले यो अवधिमा पार्टीका नेताको दवाबका कारण नियुक्तीमा केही नराम्रा मान्छेलाई पनि नियुक्ती दिनु परेको बाध्यता बताउनुभयो । शहरी विकास मन्त्री झाँक्रीले पनि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म गरेका कामको विवरणसहित राजीनामा दिनुभएको हो । समाजवादीका अन्य मन्त्रीले पनि पार्टी अध्यक्ष माधव नेपाललाई राजीनामा बुझाएको बताएका छन् ।

योसँगै मन्त्री परिषद् हेरफेरको तयारी भएको छ । समाजवादीले यसअघि टुंगो लगाएका व्यक्तिहरुलाई नै मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । पार्टीले दिएको नाम प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्नुभएको छ । एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरिसकको छ ।

अब राज्यमन्त्री रहको भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास र शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइने भएको छ । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई बनाउने नेकपा एसले निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com