न्युयोर्कमा ट्रेन दुर्घटना, ३४ जना घाइते (भिडियो सहित)


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

न्युयोर्कमा भएको ट्रेन दुर्घटनामा ३४ जना घाइते भएका छन् । आजविहान ए ट्रेनका दुईवटा डिब्बाहरु लिकबाट बाहिर उछिट्एिपछि दुर्घटना भएको जनाइएको छ । दुर्घटना १२५ स्ट्रीट हार्लममा भएको हो । ट्रेनका दुईवटा डिब्बाहरु उछिट्टिएर सबवे टनेलको भित्तामा ठोकिएका थिए ।

दुर्घटनाबाट ३४ जना सामान्य घाइते भएको र त्यसमध्ये १७ जनालाई नजिकको अस्पतालमा लगिएको थियो । केही व्यक्ति धुँवा निलेका कारण घाइते भएको जनाइएको छ । दुर्घटनापछि विद्युत आपूर्तीमा अवरोध उत्पन्न हुँदा झण्डै ८ सय व्यक्ति टनेलमा रोकिनुपरेको थियो । उनीहरुलाई टनेलबाट बाहिर निकाल्न झण्डै १ घण्टा लागेको थियो ।

दुर्घटनामा कुनै नेपाली परेको भने खबर प्राप्त भएको छैन । केही नेपालीहरुले फेसबुकमार्फत आफू सुरक्षित रहेको बताएका छन् । यो दुर्घटनाका कारण सातवटा ट्रेनलाईनमा असर परेको थियो । दुर्घटनाका कारण ए, बी, सी, डि ट्रेनको तालिकामा असर परेको थियो भने ई, एफ र एम ट्रेनपनि प्रभावित भएका थिए ।

दुर्घटनामा परेकी एक महिलाले आफूले कहिलेपनि न्युयोर्कको ट्रेन असुरक्षित भएकोबारे कल्पना नगरेको र अबदेखि ट्रेन चढ्न नचाहेको बताएकी छिन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सन् २०१५ मा पनि जी ट्रेन बु्रकलिनमा लिकबाट बाहिर उछिट्एिपछि तीनजना घाइते भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com