नेपाल मानव र यौन तस्करीको श्रोत, ट्रान्जिट र गन्तब्य : अमेरिका


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

किशोर पन्थी

अमेरिकी सरकारले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य पहल भने गरेको रिपोर्टमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले आज मानवतस्करी सम्बन्धि रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्टमा नेपालको सरकारले विगतका बर्षहरुको तुलनामा मानवतस्करीको अन्त्यका लागि पहलहरु बढाएकाले नेपाललाई टियर टु मा नै राखिएको जनाइएको छ । सरकारले तस्करी पीडितसहित हिंशाबाट पीडित महिलाहरुलाई सेवा प्रदान गर्न बजेट दोब्बर बनाउदै मानव तस्करीको घटना अनुसन्धान र पीडितको पहिचानमा प्रयास बढाएको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारले देशभर जनचेतना कार्यक्रम गरेको र काठमाडौं बाहिर रहेका ४ सय भन्दा धेरै विदेश काममा पठाउनेहरुको लाइसेन्स खारेज गरिदिएको जनाइएको छ ।

विगत पाँचबर्षदेखि रिपोर्ट गरिएजस्तै नेपाल महिला, पुरुष र बालबालिकाका लागि मानव तस्करी र यौन तस्करीको श्रोत, ट्रान्जिट र गन्तब्य देश रहेको रिपोर्टमा जनाइएको छ । नेपाली महिला र केटीहरु नेपाल, भारत, मध्यपूर्व, एसिया र अफ्रिकामा यौन धन्दामा पठाइएको रिपोर्टमा जनाइएको छ । नेपाली महिला, पुरुष र बालबालिकाहरुलाई पनि नेपाल, भारत, मध्यपूर्व र एसियामा निमार्ण, कलकारखाना, घरेलु काम र मगन्ते काममा जबर्जस्ती लगाइएको रिपोर्टमा जनाइएको छ । गतबर्षको रिपोर्टमा नेपाली, महिला, पुरुष र बालबालिकालाई अमेरिकामा समेत बलजफ्ती श्रममा लगाइएको उल्लेख भएपनि यसबर्षको रिपोर्टमा भने सुचीबाट अमेरिका हटाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्टमा नेपालमा मानवतस्करीको रोकथामका लागि अघिल्लो वर्षको तुलनामा केही सुधार आएकाले अघिल्लो वर्षको श्रेणीबाट नहटाइएको रिपोर्टमा जनाइएको छ । अमेरिकाले मानव तस्करीको अवस्थामा नेपाललाई गतवर्ष पनि ‘टियर टु’ मा राखेको थियो । अहिले पनि त्यही बर्गमा नै राखेर रिपोर्ट प्रकाशित गरिएको छ । अघिल्लो आर्थिक बर्ष नेपालका जिल्ला अदालतहरुमा २६० जनालाई मानवतस्करीमा दोषी ठहराइएकोमा यो बर्ष त्यो संख्या अझ बढेको छ । पछिल्लो आर्थिक बर्षमा २६२ जना मानव तस्करहरुलाई जिल्ला अदालतहरुले दोषी ठहर गरेको जनाइएको छ । मानव तस्करीको अवस्था सबैभन्दा खराब भने चीनमा रहेको रिपोर्टमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com