खाने होइन त, तेल र मसलाबिनाको अचार


प्रकाशित मिति : जेष्ठ ३०, २०७९ सोमबार

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला  मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर   तेल र  मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।

चितवन भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले अहिले नेपालमा आएर प्रयोग गर्न थाल्नुभएको हो । रोजगारीको सिलसिलामा इजरायल पुग्नुभएकी चापागाईँ जहाँ काम गर्नुहुन्थ्यो त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिक्नुभएको हो ।

सन् २००६ मा रोजगारीका लागि जानुभएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्कनुभयो । त्यसपछि पुस्तक व्यवसाय गर्नुभएकी उहाँ दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परी गम्भीर घाइते बन्नुभएकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थाल्नुभएको हो ।

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहनुभएको छ । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उहाँले बताउनुभयो । उठेर खासै हिँडडुल गर्न नसक्ने उहाँ आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिनुभएको छ । कृषि विषय अध्ययन गर्दै आउनुभएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उहाँको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । पूर्णकलाले भन्नुभयो, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उहाँको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उहाँले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताउनुभयो । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थाल्नुभएको हो । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उहाँले भन्नुभयो, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाँै ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उहाँको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com