उपत्यकाको फोहोर उठाउन मध्यरातमा भएका १८ बुँदे सहमति


प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल्ड क्षेत्रको फोहोरको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र गरिसक्नुपर्नेजस्ता विषयमा सहमति भएको छ । प्रभावित क्षेत्रका तर्फबाट भएको सहमतिपत्रमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको छ ।

गत सोमबार साँझ पनि सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न ११ बुँदे सहमति गरे पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । यसअघि भएको सहमतिको व्यवास्ता गर्दै बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयले ढुङ्गामुडा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको निरन्तर अवरोधका कारण विगत १३ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com