काठमाण्डौँको फोहोर बन्चरे डाँडामा फाल्न दिएनन्


प्रकाशित मिति : जेष्ठ २४, २०७९ मंगलबार

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ ।प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्।सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र सुरक्षित स्थानमा आफूहरुलाई सार्नुपर्ने माग गर्दै आएको छ ।

त्यही मागलाई सम्बोधन गर्न भन्दै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन हुनुपर्ने समितिले अडान लिएको छ । सरोकार समितिले आफूहरूको माग सडक नभएर ‘स्वच्छ वातावरणमा बाँच्‍न पाउनुपर्ने’ माग भएको जनाएको छ ।सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। सहमतिपत्रमा प्रभावित क्षेत्रका मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।सो सहमतिअमान्य भएको भन्दै स्थानीय पुनः आन्दोलनमा उत्रिएका हुन् ।

सरोकार समितिका संयोजक श्रीराम भण्डारीले आफूहरुले बाँच्‍न पाउने अधिकारको सुनिश्चता नभईकन फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।सरोकार समितिले सरोकारवालाले पीडितसँग बसेर कानुनी, वैज्ञानिक, बौद्धिक, स्थानीयवासीलाई मान्य हुने किसिमको नयाँ सहमति हुनुपर्न माग गरेको छ । अहिलेको गरिएको आन्दोलन निर्णायक हुने उनीहरुले बताएका छन् । जेठ १६ गतेबाट रोकिएको फोहोर काठमाडौं उपत्यकाका चोकचोकमा थुप्रिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com