ट्रम्पको कार्यकारी आदेश कार्यान्वयन अनुमति दिने सर्बोच्चको फैसलाबारे होमल्याण्ड सेक्युरिटी


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेश कार्यान्वयनमा सर्बोच्च अदालतले आंशिक अनुमति दिएपछि त्यसबारे अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वक्तब्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कार्यकारी आदेशको कार्यान्वयन पेशेवर ढंगले गरिने जनाएको छ । अमेरिकामा नोक्सान गर्ने उद्देश्यले अमेरिका छिर्न चाहनेहरुबाट देशलाई बचाउन आवश्यक कदमका रुपमा कार्यकारी आदेश कार्यन्वयनको अनुमति आएको भन्दै न्याय र विदेश मन्त्रालयसँग सल्लाह गरेर कार्यकारी आदेशको कार्यान्वयन गरिने र यसबारे पछि थप जानकारी गराइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

सोमबार दिउसो सर्बोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेश आशिंकरुपमा कार्यान्वयनका लागि अनुमति दिएको हो । यद्यपी यात्रा प्रतिबन्धबारेको यो मुद्दाको अन्तिम फैसला आगामी अक्टोबरमा हुनेछ ।

आदेशको महत्वपूर्ण अंश हो, मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध । ट्रम्पको आदेशमा लिबिया, सिरिया, इरान, सुडान, यमन, सोमालियाका नागरिकलाई अमेरिकामा ९० दिन यात्रा प्रतिबन्ध लगाउने उल्लेख थियो । तर सर्बोच्चले भने अमेरिकामा प्रामाणिक सम्बन्ध देखाउन नसक्नेहरुलाईमात्र यात्रा प्रतिबन्ध लगाउनेगरी कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार अदालतले दिएको आदेशमा अमेरिकामा परिवार भेट्न वा अमेरिकामा बसोबास गर्न आउने आउने ती देशका नागरिकले नजिकको पारिवारिक सम्बन्ध देखाउनुपर्ने उल्लेख छ । अमेरिकी कम्पनीबाट रोजगार पाएका वा युनिभर्सिटीहरुमा अध्ययनका लागि भर्ना पाएकाहरुले देखाउने प्रामाणिक सम्बन्धले पनि उनीहरुलाई अमेरिका प्रवेश गर्नमा अनुमति दिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com