असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज


प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार

सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा असार १ गतेदेखि लागु हुनेगरी हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com