मन्त्री हेरेफेरको जिम्मा शीर्ष नेतालाई


प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएकाले शीर्ष नेताहरूबीच छलफल गरेर निर्णय लिने पार्टीका उपमहासचिव गङ्गालाल तुलाधारले बताउनुभयो ।

सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ हुनुहुन्छ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वतयारीका लागि तीनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

यसवर्ष पनि अघिल्लो वर्ष झै अधिक वर्षा हुने मौसमविद्को पूर्वअनुमानलाई ख्याल राख्दै बाढीपहिरो र मौसमका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्नुपर्ने भन्दै जोखिम व्यवस्थापनको गराइएको उपमहासचिव तुलाधरले बताउनुभयो । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पार्टीको सम्पूर्ण शक्ति विपद् प्रतिकार्यमा परिचालित हुने बैठकले निर्णय गरेको छ । बैठकले वातावरण जोगाउनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिँदै सबै पक्षलार्य सोसम्बन्धी कार्यमा लाग्नसमेत आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com