के छ सर्वोच्चले कार्यान्वयन अनुमति दिएको ट्रम्प आदेशमा ? पूर्ण पाठ ।


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

सर्बोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धबारेको कार्यकारी आदेश आशिंकरुपमा कार्यान्वयनका लागि अनुमति दिएको छ । यद्यपी यात्रा प्रतिबन्धबारेको यो मुद्दामा आगामी अक्टोबरमा मौखिक तर्कहरु सुनिने छ ।

आदेशको महत्वपूर्ण अंश हो, मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध । ट्रम्पको आदेशमा लिबिया, सिरिया, इरान, सुडान, यमन, सोमालियाका नागरिकलाई अमेरिकामा ९० दिन यात्रा प्रतिबन्ध लगाउने उल्लेख थियो । तर सर्बोच्चले भने अमेरिकामा प्रामाणिक सम्बन्ध देखाउन नसक्नेहरुलाईमात्र यात्रा प्रतिबन्ध लगाउनेगरी कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिएको छ ।

पूर्ण पाठ

सोमबार अदालतले दिएको आदेशमा अमेरिकामा परिवार भेट्न वा अमेरिकामा बसोबास गर्न आउने आउने ती देशका नागरिकले नजिकको पारिवारिक सम्बन्ध देखाउनुपर्ने उल्लेख छ । अमेरिकी कम्पनीबाट रोजगार पाएका वा युनिभर्सिटीहरुमा अध्ययनका लागि भर्ना पाएकाहरुले देखाउने प्रामाणिक सम्बन्धले पनि उनीहरुलाई अमेरिका प्रवेश गर्नमा अनुमति दिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com