लोग्नेको क्रूरताको सिकार गीताको मृत्यु, परिवार भन्छ- ‘किरिया खर्च पनि छैन’


प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार

– प्रतिमा सिलवाल

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीको ज्यान गएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको हो।

श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि एकपटक शौचालय पनि गएकी थिइन् ।

तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार घर भएकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका स्थानीयले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गीता ज्याला मजदुरीको काम गरेपनि बिहानैदेखि रक्सी पिउँदै बस्ने रामचन्द्र केही काम गर्दैन थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खाने पैसा नदिए कुटपिट गर्ने सोही वडाका वडा सदस्य ज्ञान्ती पासवानले जानकारी दिनुभयो ।

सुकुम्बासी माझीको उपचार खर्च भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट निशुल्क उपचार हुँदै आएको थियो । तर, गीताको मृत्युपछि काजकिरिया गर्ने खर्च समेत नभएको उनका आफन्त तथा स्थानीयले बताएका छन् ।

गीताको ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् ।

गीताका श्रीमान प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com