अमेरिकाबाट २ साता अगाडि आएका दिदीबहिनीको बुबाआमासहित मुस्ताङमा जहाज दुर्घटनामा निधन


प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार

अमेरिकाबाट विदामा आएका २ दिदीबहिनीको बुबाआमासहित मुस्ताङमा जहाज दुर्घटनामा निधन भएको छ । गोरखाको एकै परिवारका चार जनाको निधन हुनेमा उनीहरु हुन् ।

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दुर्घटनामा परेका हुन्। अमेरिकामा पढ्दै आएका दुई छोरीहरू रोजिना श्रेष्ठ र रविना श्रेष्ठ दुईसाता अगाडि विदामा नेपाल आएका थिए ।

 

४८ वर्षकी रश्मी र ५२ बर्षका गणेशनारायण

२३ वर्षकी रोजिना, २० वर्षकी रविना, ४८ वर्षकी रश्मी र ५२ बर्षका गणेशनारायणको दुर्घटनामा निधन भएको हो । उनीहरु मुक्तिनाथ दर्शनका लागि जाँदै थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजिना तीन वर्षअघि र रविना एक वर्षअघि पढाइको शिलशिलामा अमेरिका गएका थिए । रोजिनाले पिएचडी गर्दै थिइन् भने रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्।

गोरखा तीनमाने स्थायी घर भएका गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए । तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com