विश्वका टप ५० विश्वविद्यालयहरूबाट स्नातकले बेलायतमा २ बर्षको कामदार भिसा पाउने


प्रकाशित मिति : जेष्ठ १६, २०७९ सोमबार

यूके बाहिरका विश्वका शीर्ष ५० विश्वविद्यालयहरूबाट स्नातक गरेकाहरुले बेलायतमा काम गर्न विशेष प्रकारको भिसाको लागि आवेदन दिन सक्षम हुने भएका छन् । स्नातक वा मास्टर डिग्री भएकाहरु दुई वर्षको कामदार भिसाका लागि योग्य हुनेछन् भने उनीहरूको परिवारलाई ल्याउन अनुमति दिइनेछ।

पीएचडी भएका आवेदकहरूले तीन वर्षसम्म बस्नका लागि आवेदन दिन सक्नेछन्। यो योजना अन्तरगत विगत पाँच वर्षमा डिग्री प्राप्त गरेकाहरुले रोजगारको अफर वा स्पोन्सरविना नै भिसाका लागि आवेदन दिन सक्ने भएका छन् ।

सरकारले टाइम्स हायर एजुकेशन वर्ल्ड युनिभर्सिटी र्यांकिंग, क्युएस वर्ल्ड युनिभर्सिटी र्यांकिंग र विश्व विश्वविद्यालयहरूको एकेडेमिक र्यांकिंगलाई कुन कुन विश्वविद्यालयहरू योग्य छन् भनी निर्णय गर्न बेन्चमार्कको रूपमा प्रयोग गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होम अफिसको वेबसाइटमा प्रकाशित विश्वविद्यालयहरुको सुचीमा सबैभन्दा धेरै अमेरिकाका विश्वविद्यालयहरु रहेका छन् । तीनवटा युरोपियन युनियनभित्रका रहेका छन् ।

आवेदकहरूले अङ्ग्रेजीको बी वान मध्यम स्तर प्रमाणित गर्नुपर्नेछ । होम अफिसको पृष्ठभूमि परीक्षण पास गर्नुपर्नेछ । त्यस्तै ७१५ पाउण्ड शुल्क तिर्नुपर्छ भने बेलायतमा एक वर्षभन्दा कम समय बस्न चाहनेहरूले कम्तिमा १२७० पाउण्ड रकम देखाउनुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com