निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ : मन्त्री झाँक्री


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

गुल्मी काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँ आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बीचमा पुग्न सक्नु र मत लिनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा सफल भएको बताउँदै उहाँले निर्वाचनमा भएका केही कमी कमजोरीलाई शिक्षाका रूपमा लिएर आगामी सङ्घ र प्रदेशको निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

गुल्मेली जनताको आफू अभिभावक बन्ने बताउँदै मन्त्री झाँक्रीले आफू गुल्मेली जनताको साथ सहयोगबाट लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मेली जनताको प्रत्यक्ष जनमतबाट देश र जनताको सेवा गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टीको सचिवसमेत रहनुभएकी झाँक्रीले पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै गुल्मेली जनतालाई निराश हुन नदिने र आगामी सङ्घको निर्वाचनमा गुल्मीबाट आफू उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।

गुल्मीको विकास र गुल्मेली जनताको जीवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी इन्चार्ज गणेश खनाल, केन्द्रीय सदस्य प्रमेश पोखरेलका साथै स्थानीय नेताहरु शिव सुवेदी, समीर गौतम, दामोदर चालिसे, दयाराम पाण्डे, विक्रम जिएम, लक्ष्मण झाँक्री, जनक नेपालीलगायतले जिल्लाको स्थानीय तह निर्वाचनका बारेमा जानकारी गराउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com