अण्डरग्राउण्ड भण्डारमा कागजात बन्द हुँदा नागरिकता आवेदन ढिलो भएपछि युएससीआईएसविरुद्ध मुद्दा


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

युएससीआइएसले कागजातहरु अण्डरग्राउण्ड भण्डारमा राखेका कारण नागरिकता आवेदनमा निर्णय आउन ढिलो भएका १३ जनाले अदालतमा मुद्दा दायर गरेका छन् । युएससीआईएसले कागजातहरु अण्डरग्राउण्ड भण्डारमा राख्दा कोरोना महामारीमा ती भण्डारहरु खोल्न नसक्दा कैयन आवेदनमा ढिलाई भएको थियो ।

मुद्दा दायर गरेकाहरुको नागरिकता आवेदन २ बर्षदेखि पेन्डिङ अवस्थामा रहेको छ । आफू अमेरिकामा सन् २०१५ मा आएको र सन् २०२० को अप्रिलमा नागरिकताका लागि आवेदन दिएपनि अहिलेसम्म निर्णय नआएको मुद्दा दायर गर्ने मध्येको एक इराकी मूलका अलि मोहम्मदले बताए ।

बुधबार उनीहरुले संघीय सरकारविरुद्ध आवेदनमा अकारण ढिलाई गरेको भन्दै मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्नेहरु सबै ग्रिनकार्डवाहक हुन् भने उनीहरुले सन् २०२० को वशन्तमा अमेरिकी नागरिकताका लागि आवेदन दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोस्टनको डिस्ट्रिक्ट कोर्टमा अमेरिकन इमिग्रेशन काउन्सिलका तर्फबाट १३ जनाको प्रतिनिधित्व गर्दै मुद्दा दायर गरिएको जनाइएको छ । युएससीआईएसले कागजी प्रकृया पूरा गर्नुपर्ने कागजात अण्डरग्राउण्ड भण्डारणमा राखेको र महामारीका बेलामा ती भण्डारणहरु बन्द भएकाले कैयन आवेदनबारे निर्णय हुन नसकेको गत जनवरीमा समाचार आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com