मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर


प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार

–राजु विश्वकर्मा/ 

मधेस प्रदेशको सिरहामा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सिरहामा मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था कमजोर बनेको छ ।

सिरहाको १७ स्थानीय तहमध्ये जसापले चार जित्दा लोपसाले खातासमेत खोल्न सकेन । सिरहामा एमाले पहिलो र जसपा दोस्रो शक्तिका रूपमा उभिएको छ । जसपाले अघिल्लो निर्वाचनमा जितेको जति परिणाम ल्याउन नसके पनि दोस्रो शक्तिका रूपमा कायम भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको ६ स्थानीय तह जितेको जसपाले यसपालि चार मात्र जितेको छ । जसपाले पहिला जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामध्ये यसपालि बरियापट्टी गाउँपालिकामा मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको छ । जसपाले पहिला जितेको पाँचवटै पालिका गुमाउँदा नयाँ तीनवटा पालिका जितेको छ ।

औरही गाउँपालिका र अर्नमा गाउँपालिका नेकपा (माओवादी केन्द्र)सँग खोसेको जसपाले कांग्रेसबाट नवराजपुर गाउँपालिका खोसेको छ । कतिपय स्थानीय तहमा जित नजिक पुगे पनि परिणाम आफ्नो उम्मेदवारको पक्षमा नआएको जसपाका नेताहरूले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सप्तरीमा तीन स्थानीय तह जितेको लोसपाले सिरहामा भने एउटा पनि पालिका जित्न सकेको छैन । मधेस केन्द्रित दल आपसमा विभाजित हुनु, विस्तारै नेताहरूमा विलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसक्नुजस्ता कारणले मधेस केन्द्रित दल कमजोर बनेको विश्लेषकको भनाइ छ । एमालेले सिरहाको १७ पालिकामध्ये एक्लैले नौ स्थानीय तह जितेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको तीन स्थानीय तहमात्र जित्न सकेको एमालेले यसपाली नौ स्थानीय तह जित्न सफल भएको छ । अघिल्लो निर्वाचनमा जितेको लहान नगरपालिका, सुखीपुर नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामध्ये यसपाली एमालेले सुखीपुर नगरपालिकामात्र दोहो¥याएर जित्न सकेको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका यसपाली एमालेले जित्दा सबैभन्दा बढी वडा भएको लहान नगरपालिका भने एमालेले गुमाएको छ । त्यहाँ कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा जसपाले जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका र नरहा गाउँपालिकामा यसपाली एमालेले जित निकालेको छ । यस्तै अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले नै जितेको छ ।

पार्टीको सही निर्णय, नेता कार्यकर्ताको सक्रियता र मतदाताको विश्वासका कारण जिल्लाको धेरै स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारले जित निकाल्न सफल भएको एमाले नेता एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । “हामीले सही मूल्याङ्कन गरी उपयुक्त व्यक्तिलाई टिकट दियौँ”, उहाँले भन्नुभयो, “नेता–कार्यकर्तालाई पनि खटायौँ, उहाँहरु इमान्दारीतापूर्वक खट्नु भयो र मतदाताले हाम्रा उम्मेदवारलाई विश्वास गर्नुभयो, त्यसकै परिणामस्वरुप आज हामी जिल्लामा बलियो पकड बनाउन सफल भयौँ ।”

दुई छिमेकी जिल्ला धनुषा र सप्तरीमा बलियो पकड बनाएको कांग्रेस सिरहामा भने तेस्रो शक्तिमा सीमित भएको छ । कांग्रेस सिरहामा पूर्ववत अवस्थामा देखिएको छ । अघिल्लो निर्वाचनमा दुई पालिका जितेको काग्रेसले यसपालि पनि दुई पालिका जितेको छ । कांग्रेसले पहिला जितेको कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका गुमाउँदा यसपाली लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जितेको छ ।

पार्टीभित्रको घात–अन्तर्घात तथा मतदातामा भएको व्यापक रकमी चलखेलका कारण आफूहरुले चाहेजस्तो नतिजा निकाल्न नसकेको कांग्रेस सप्तरीका सभापति रामचन्द्र यादवले बताउनुभयो ।

अघिल्लो चुनावमा पूर्वपश्चिम राजमार्गमा पर्ने अधिकांश पालिकासहित सिरहाको ६ पालिका जितेर ठूलो पार्टी बनेको माओवादी केन्द्र यसपालि भने एउटा पालिकामा सीमित भएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका र अर्नमा गाउँपालिकामध्ये मिर्चैयाबाहेक सबै पालिका गुमाएको छ । जितेका सबै पालिकामा माओवादी केन्द्रले पुरानै उम्मेदवारलाई दोहो¥याएको थियो । मिर्चैया नगरपालिकाका प्रमुख र उपप्रमुख मात्र जित्न सकेको छ । बाँकी सबै गुमाएको माओवादी केन्द्रका नेता दिलीप साहले बताउनुभयो ।

पार्टीभित्रको गुट–उपगुट, घात–अन्तर्घात र पुरानै उम्मेदवारलाई निरन्तरता दिनेजस्ता कारणले पार्टीले अधिकांश स्थानीय तह गुमाएको उहाँको भनाइ छ । एउटा गाउँपालिकाको अध्यक्ष जितेर नेकपा (एकीकृत समाजवादी)ले सिरहामा आफ्नो उपस्थिती जनाएको छ । एकीकृत समाजवादीले सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सो गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com