पेन्डिङ रोजगारमा आधारित निश्चित ग्रिनकार्ड आवेदनमा जुन र जुलाईबाट शीघ्र प्रकृया


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

युएससीआईएसले रोजगारमा आधारित निश्चित प्रकारका ग्रिनकार्ड आवेदनका लागि पहिले फाइल गरिएका आई १४० आवेदनमा प्रिमियम प्रोसेसको अनुरोध गर्न सकिने व्यवस्था गरेको छ । ईबी वान र ईबी टु श्रेणीमा पहिले नै फाइल गरिएका आई १४० आवेदनका सन्दर्भमा शीघ्र निर्णय चाहनेले अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेसको आवेदन दिनसक्ने भएका छन् ।

यी आवेदनमा प्रिमियम प्रोसेसका लागि आई ९०७ फर्म भरेर २५ सय डलर अतिरिक्त शुल्क तिरेपछि ४५ दिनभित्र आवेदनबारे निर्णय प्राप्त गर्न सकिनेछ । बहुराष्ट्रिय कार्यकारी वा प्रबन्धकहरुको श्रेणी ई १३ वा राष्ट्रिय रुचीको सुविधा खोजिरहेका असाधारण क्षमता भएका तथा एड्भान्स डिग्री सहितका पेशाकर्मीहरुको श्रेणी ई २१ अन्तरगत पर्नेहरुले पहिले फाइल गरिएको आवेदनमा अहिले प्रिमियम प्रोसेसको अनुरोध गर्नसक्ने भएका छन् ।

सन् २०२१ को जनवरी १ वा त्योभन्दा अगाडि आई १४० आवेदन दिएका श्रेणी ई १३ मा पर्ने बहुराष्ट्रिय कार्यकारी वा प्रबन्धकहरुले जुन १ वा त्योभन्दा पछि प्रिमियम प्रोसेसका लागि अनुरोध गर्न सक्नेछन् । त्यस्तै सन् २०२१ को जुन १ वा सोभन्दा अगाडि आई १४० आवेदन दिएका श्रेणी ई २१ अन्तरगत पर्ने राष्ट्रिय रुचीको सुविधा खोजिरहेका असाधारण क्षमता भएका तथा एड्भान्स डिग्री सहितका पेशाकर्मीहरुले जुलाई १ पछि प्रिमियम प्रोसेसको आवेदन दिनसक्नेछन् ।

प्हिलेको आवेदन पेन्डिंग अवस्थामा रहेका ई १३ बहुराष्ट्रिय कार्यकारी वा प्रबन्धकहरु र ई २१ राष्ट्रिय रुचीको सुविधा खोजिरहेकाहरुका सन्दर्भमा मात्र प्रिमियम प्रोसेस अनुरोध गर्न पाउने नियम लागु हुनेछ । सन् २०२१ को जनवरी १ पछिको रिसिप्ट मिति भएका ई १३ बहुराष्ट्रिय कार्यकारी वा प्रबन्धकहरु भने प्रिमियम प्रोसेसको अनुरोध गर्न योग्य हुनेछैनन् । जुन १ र जुलाई १ को मितिभन्दा अगाडि फाइल गरिएका ई १३ र ई २१ का प्रिमियम प्रोसेस अनुरोधहरु भने अस्वीकार हुनेछन् ।

गत मे २३ मा युएससीआईएसले मे ३१ को मिति भएको प्रिमियम प्रोसेसको नयाँ आवेदन भर्सन प्रकाशित गरेको छ । जुन सम्म पुरानो भर्सनपनि स्वीकार गरिने तर जुलाईपछि भने पूरानो भर्सन स्वीकार नगरिने तथा मे ३१ कै भर्सन प्रयोग गर्नुपर्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com