पत्रमार्फत भिसाको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरमा फोनसेवा पनि खारेज


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

पत्रमार्फत ग्रिनकार्ड लगायतका आप्रवासी भिसा र कामदार लगायतका गैर आप्रवासी भिसा आवेदनको सोधपुछ बन्द गरेको नेशनल भिसा सेन्टरले फोनसेवा पनि खारेज गरेको छ । सन् २०२० को जुन १ बाट पत्रमार्फत हुने सोधपुछ बन्द गरेकोमा सोमबारदेखि लागु हुनेगरी आप्रवासी र गैर आप्रवासी भिसाका सन्दर्भमा फोनबाट हुने सोधपुछ पनि खारेज गरिएको हो ।

चर्को ब्याकलगका कारण सार्वजनिक सोधपुछका फोन लाइन बन्द गरिएको नेशनल भिसा सेन्टरले जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नेशनल भिसा सेन्टरले क्षमा मागेको छ ।

नेशनल भिसा सेन्टरमा आप्रवासी भिसा कसरी अगाडि बढाउने भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

नेशनल भिसा सेन्टरमा गैर आप्रवासी भिसा कसरी अगाडि बढाउने भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्वजनिक सोधपुछ टेलिफोन लाइनहरू निलम्बनले राष्ट्रिय भिसा केन्द्रको कुनै पनि आवश्यक कार्यहरूमा बाधा नपुग्ने नेशनल भिसा सेन्टरले स्पष्ट पारेको छ । सेवाग्राहीले अनलाइनमा सोधपुछ फर्म भरेर वा अन्य उल्लेखित तरिकाबाट सम्पर्क गर्न र सोधपुछ गर्न भने सक्नेछन् ।

अनलाइनबाट सोधपुछका लागि यहाँ क्लीक गर्नुहोला ।

सन् २०२० मा नेशनल भिसा सेन्टरले सेवालाई आधुनिकिकरण गर्ने भन्दै हुलाकी पत्रमार्फत हुने सोधपुछ बन्द गरेको थियो । सन् २०२० को जुन १ पछि प्राप्त गरेका पत्रहरुको नेशनल भिसा सेन्टरले कुनै जवाफ नदिई त्यस्ता पत्रहरु नष्ट गर्दै आएको छ । यद्यपी नेशनल भिसा सेन्टरले कुनै विषयमा पत्र पठाउन जानकारी गराएको खण्डमा भने पत्रमार्फत सम्पर्क पनि गर्न सकिनेछ ।

धेरै जसो केसहरूमा कागजातको लागि यो अनुरोध केबल इलेक्ट्रोनिक रूपमा प्रशोधन नभएको आवेदनका सन्दर्भमा हुनेछ । सेवाग्राहीको आवेदनका लागि आवश्यक भएमा नेशनल भिसा सेन्टरले तपाईलाई हुलाकबाट पत्र पठाउने ठेगाना प्रदान गर्नेछ। नेशनल भिसा सेन्टरमा ओरिजिनल कागजातहरु नपठाउन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com