मन्त्रिपरिषद्बारा नीति तथा कार्यक्रम पारित


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com