सङ्मणकालीन न्यायका लागि सातै प्रदेशका पीडितसँग सुझाव लिन्छौँ,पीडितको भावना विपरीत जादैनौँ: मन्त्री कोइराला


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका दुई आयोगको कानुन संशोधनका विषयमा सातै प्रदेशमा गएर पीडितसँग सुझाव लिने तयारी गरेको बताउनुभएको छ ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा ऐन संशोधन गर्नुपर्ने विषयमा पीडितसमक्ष नै गएर सुझाव लिने बताउनुभयो । “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउने विषय हामी सचेत छौँ, सातै प्रदेशमा गएर पीडितको सुझाव लिएर मात्र अघि बढ्छौँ”, मन्त्री कोइरालाले भन्नुभयो, “पीडितको भावना विपरीत जादैनौँ, पीडितले सुझावअनुसार अघि बढ्छौँ ।” सर्वोच्च अदालतको फैसला, पीडितको सुझाव र अन्तर्राष्ट्रिय अभ्यास सबैलाई अध्ययन गरेर उक्त ऐन संशोधन गर्न लागेको बताउनुभयो ।

न्यायालयमा न्यायाधीश नियुक्ति गर्नका लागि मापदण्ड बनाउने काम सुरु भएको जनाकारी दिँदै भन्नुभयो, “न्यायाधीश नियुक्ति गर्ने विषयमा पनि एउटा मापदण्ड बनाएर अघि बढ्छौँ, त्यसका लागि छलफल भइरहेको छ, खल्तीबाट निकालेर न्यायाधीश नियुक्ति गर्ने कार्य बन्द गर्नुपर्छ ।” मन्त्री कोइरालाले बलात्कारको घटनामा हदम्यादका विषयमा कुरा उडिरहेको र त्यसका बारेमा अध्ययन गरेर अघि बढ्ने बताउनुभयो । “बलात्कारका घटनामा हदम्यादका विषयमा पहिला अध्ययन गर्नुपर्छ”, उहाँले थप्नुभयो, “एउटा मात्र घटनालाई लिएर लहडका आधारमा कानुन संशोधन गर्न ठीक होइन, यसबारेमा सरोकारवाला सबैसँग सल्लाह गरेर अध्ययन गरेर मात्र काम अघि बढाउँछौँ ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com