स्वदेशमै विद्युत् खपत बढाउने, विद्युतबाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने: मन्त्री भुसाल


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइने बताउनुभएको छ । राजधानीमा आज आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उहाँले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गरिने बताउनुभयो ।

पेट्रोलियम पदार्थको बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिँदै गएको, विदेशी विनिमय सञ्चितीमा असर परेको भन्दै उहाँले विद्युत्बाट पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न सकिने बताउनुभयो । चालु आवमा मात्रै रु दुई खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क दिँदै उहाँले विद्युत् खपत बढाएर आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

उहाँले स्वेदशमा खपत नभएको विद्युत् क्षेत्रीय बजारमा बिक्री गरेर विदेशी मद्रा भित्रयाउने सकिने उल्लेख बताउनुभयो । “चालु आर्थिक वर्षमा ३९ मेगावाट विद्युत निर्यातको शुरुआत गरिसकिएको छ । यस आवमा हामी करिब रु २ अर्ब बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा छौँ”, मन्त्री भुसालले भन्नुभयो, “अर्को आर्थिक वर्षमा करिव ५०० मेगावाट विद्युत निर्यात हुनेछ, जसबाट करिब १२ देखि १५ अर्ब रुपैँया भित्रने छ, आगामी ५ वर्षपछि वार्षिक करिव रु ५० अर्बभन्दा बढीको विद्युत निर्यात गर्ने अवस्थामा पुग्नेछौँ ।”

जलश्रोतको उचित व्यवस्थापन र उपभोगबाट ऊर्जा सुरक्षा र खाद्य सुरक्षालाई बलियो बनाउन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कृषि, पर्यटन र ऊर्जाको विकासमा सरकारको नीति केन्द्रित भएको छ, यसबाट मात्र संविधानमा उल्लेख भएबमोजिम समाजवाद उन्मुख तथा आत्मनिर्भर अर्थतन्त्रको आधार खडा गरी समृद्धिको यात्रामा अगाडि बढ्न सक्छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेतीयोग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने, सिँचाइमा विद्युत्को प्रयोग गर्ने, विद्युत्को प्रयोग गरी नेपालमै रासायनिक मल उत्पादन गर्ने र कृषिलाई प्रविधिसँग जोड्दै खाद्यान्न, फलफूल एवम् तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सघाउ पु¥याउने उद्देश्यले सरकारले सिँचाइको विद्युत् महसुललाई न्यून बनाइको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com