अमेरिकामा ४८ मिलियनलाई निशुल्क वा सस्तो इन्टरनेट दिने कार्यक्रम, अधिकांश नेपाली योग्य


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

बाइडेन प्रशासनले सुरु गरेको नयाँ कार्यक्रमले अमेरिकाका करिब ४८ मिलियन घरपरिवारलाई निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ। राष्ट्रपति बाइडेनले कम आय भएका मानिसहरूलाई मासिक ३० डलरसम्म इन्टरनेट सेवामा छुट दिनका लागि २० वटा इन्टरनेट कम्पनीहरू सहमत भएको गत साता घोषणा गरेका थिए ।

सस्तो कनेक्टिभिटी कार्यक्रम अन्तर्गत योग्य अमेरिकीहरूले मासिक ३० डलरसम्म मासिक सब्सिडी प्राप्त गर्न सक्नेछन् । तर उनीहरूले यो कार्यक्रममा सहभागी इन्टरनेट प्रदायकहरू मध्ये कुनै एकसँग साइन अप गरेको हुनुपर्नेछ ।

२० इन्टरनेट कम्पनीहरूले ८० प्रतिशत अमेरिकीहरु बसोबास गर्ने क्षेत्रमा सस्तो दरमा सेवा प्रदान सहमति जनाएका छन् । जसमा ५० प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरु समेत रहेका छन् । आदिवासी भूमिहरूमा सेवा प्रदान गर्ने सहभागी कम्पनीहरूले ती क्षेत्रमा सघीय सरकारको सहयोगमा ७५ डलरसम्म छुट प्रदान गर्नेछन् ।

बार्षिक २७ हजार १ सय ८० भन्दा कम आम्दानी हुने एकजनाको परिवार, ३६ हजार ६ सय २० डलरभन्दा कम आम्दानी हुने २ जनाको परिवार, ४६ हजार ६० भन्दा कम आम्दानी हुने ३ जनाको परिवार र बार्षिक ५५ हजार डलरसम्म आम्दानी भएको ४ जनाको परिवार यो छुट प्राप्त गर्न योग्य हुनेछ । त्यस्तै फुड स्ट्याम्प, मेडिकेड लगायतका सुविधाहरु लिएकाहरु पनि यो कार्यक्रमका लागि स्वत योग्य हुनेछन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ४० प्रतिशत अमेरिकनहरुले यस्तो छुट प्राप्त गर्नसक्ने जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वर्ष कांग्रेसले पारित गरेको १ ट्रिलियन डलरमा पूर्वाधार प्याकेजमा सस्तो कनेक्टिभिटी कार्यक्रमको लागि १४ बिलियन कोष समावेश थियो। यसले कम आय भएका लाखौं घरपरिवारका लागि इन्टरनेट सेवामा ३० डलर मासिक अनुदान र आदिवासी क्षेत्रमा ७५ डलर उपलब्ध गराउँछ।

सस्तो इन्टरनेट सेवा अल्लो कम्युनिकेशन, अल्टाफाइबर, अल्टिस युएसए, एस्टाउण्ड, एटीएनटी, ब्रिजलाइन, कमकास्ट, कम्पोरियम, फ्रन्टियर, आईडिया टेक, कक्स कम्युनिकेशन, ज्याक्सन इनर्जी अथोरिटी, मिडियाकम, एमएलजीसी, स्पेक्टर्म, स्टेरी, भेराइजनको फायोस, भर्मोन्ट टेलिफोन, भेक्सस फाइबर, वाओ इन्टरनेट यो कार्यक्रममा सहभागी रहेका छन् । अर्थात् तपाईको घरमा यीमध्ये कुनै इन्टरनेट सेवा छ भने तपाईले छुट प्राप्त गर्नुहुनेछ ।

यो कार्यक्रममा सहभागी हुनका लागि ह्वाइटहाउसले वेवसाइट बनाएको छ । यदि वेवसाइटमा चेक गर्दा योग्य भएको देखाएको खण्डमा हुलाकबाट पत्र पठाएर वा इन्टरनेट सेवालाई फोन गरेर यो छुट प्राप्त गर्न सकिनेछ ।

कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला । वा ८७७ ३८४ २५७५ मा फोन गर्न समेत सक्नुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com