द्वन्द्वका कारण विश्वभरी १० करोड विस्थापित : राष्ट्रसंघ


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

 

द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ ।

विस्थापित भएकाहरुहरु माथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् ।

त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्। युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ ।

राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण हुने चेतावनी दिनु भएको हो । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिनु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com