गुल्मेली सर्जक अनिल खनालको गीत ‘पिरतीको बिउ’ बजारमा


प्रकाशित मिति : जेष्ठ ८, २०७९ आईतबार

गुल्मेली सर्जक अनिल खनालको गीत ‘पिरतीको बिउ’ बजारमा आएको छ । मानिसको जनजिविकाका विषयवस्तुलाई टपक्क टिपेर गीत बनाउन खप्पिस खनालको यस गीतमा माया पिरतीमा भर्खर रम्न खोजेका चखेवाको जोडीको वार्तालापलाई ठट्यौली पारामा प्रस्तुत गरिएको छ ।

खनालको शब्द र कमल सौरागको सुमधुर संगीतमा तयार भएको गीतमा नयाँ पुस्ताका गायक बादल थापा मगर र बेनिशा पौडेलले स्वर रहेको छ ।

अर्जुन गौतम र रुविना अधिकारीको दमदार अभिनय गरेको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन रहेको गीतको निर्माण सुवास रेग्मीले गरेका हुन गीत बिन्ध्यवासिनी म्युजिक कम्पनीले बजारमा पठाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com