सुन्दर नेपालमा आउन पाउँदा उत्साहित छु: अमेरिकी उपविदेशमन्त्री उजरा जेया


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

तिब्बत मामलामा विशेष संयोजक रहेकी नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले नेपाल आएलगत्तै सुन्दर नेपालमा आउन पाउँदा उत्साहित भएको बताएकी छिन् । उनले नेपाल आउनेबित्तिकै ट्वीट गर्दै सबैका लागि प्रजातन्त्र र मानव अधिकारको विकाशमा अमेरिका र नेपालबीचको बलियो साझेदारीका विषयमा छलफल गर्न नेपाल आउन पाउँदा उत्साहित भएको बताएकी हुन् ।

जेयालाई स्वागत गर्न अमेरिकी दूतावासका अधिकारीहरु र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । स्वागत पछि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीट गर्दै जेयालाई नेपालमा पाएकोमा र सुन्दर नेपाल देखाउन पाएकोमा रोमाञ्चि भएको बताएका छन् । उनले भनेका छन् – ‘अमेरिकी उपविदेशमन्त्री उजरा जेयालाई नेपालमा हार्दिक स्वागत छ।’

फोटो : अमेरिकी दूतावास काठमाडौं

जेया आज दिउसो युएसएआईडीका एसियाका लागि कार्यवाहक सहायक प्रशासक अन्जली कौर सहित आइपुगेकी हुन् । शनिबार उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत राजनीतिक दलका उच्च नेतृत्वलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यसैबीच अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमार्फत भनेको छ -‘नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयालाई नेपालमा हार्दिक स्वागत छ। आफ्नो तीन दिने भ्रमणका क्रममा उपविदेशमन्त्री जेयाले मानव अधिकार र लोकतन्त्रप्रति नेपालको प्रतिवद्धताको लागि अमेरिकी सहयोगको विषयमा छलफल र कुराकानी गर्नुहुनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यमा सहयोग गहिरो बनाउन र मानवीय प्राथमिकतालाई अगाडि बढाउन उनको भ्रमण फलदायी हुने अमेरिकी विदेश मन्त्रालयले विश्वास लिएको छ । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि नेपालसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्नेछिन् ।

यो भ्रमण मानवअधिकारका प्राथमिकतालाई अगाडि बढाउनमा केन्द्रीत रहेको समेत विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् । भारतको धर्मशालास्थीत तिब्बती धर्मगुरु दलाई लामासँगका भेटवार्तासहितका कार्यक्रम सकेर उनी नेपाल आएकी हुन् । उनी आइतबार फर्कनेछिन् ।

नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ बर्ष पुगेको अवशरमा यो भ्रमण आयोजना गरिएको हो । विगतमा अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गरेपनि यो स्तरको भ्रमण भने १० बर्षपछि भएको हो ।

सन् २०१२ मा अमेरिकी उपविदेशमन्त्रीहरु वेन्डी शम्र्यान र मारिया ओटेरोले नेपालको भ्रमण गरेका थिए । अमेरिकी विदेशमन्त्रालयमा उपविदेशमन्त्री तेश्रो उच्च पद हो । उपविदेशमन्त्री पद अमेरिकी विदेशमन्त्री र कार्यवाहक विदेशमन्त्रीपछिको  तथा सहायक विदेशमन्त्रीभन्दा माथिको उच्च पद हो ।

यसै महिनाको सुरुमा एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेका थिए । उनले नेपालका अधिकारीहरुसँग भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका थिए ।

गतमहिना अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेका थिए । उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com