अमेरिकी उपविदेशमन्त्री उजरा जेया आज नेपाल आउँदै, चीनको चासो


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया आज दिउसो नेपाल आउने भएकी छिन् । श्रोतका अनुशार उनी दिउसो २ बजे नेपाल आउने तालिका तय भएको छ ।

मे १७ मा भारत आएकी उनी मे २२ आइतबारसम्म नेपाल बस्नेछिन् । भारत आइसकेकी उनी त्यसपछि नेपाल आउने जनाइएको छ । भारतीय मुलकी जेयालाई राष्ट्रपति जो बाइडेनले नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि अमेरिकी उपविदेशमन्त्री नियुक्त गरेका थिए ।

मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यमा सहयोग गहिरो बनाउन र मानवीय प्राथमिकतालाई अगाडि बढाउन उनको भ्रमण फलदायी हुने अमेरिकी विदेश मन्त्रालयले विश्वास लिएको छ । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि नेपालसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्नेछिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भ्रमण मानवअधिकारका प्राथमिकतालाई अगाडि बढाउनमा केन्द्रीत रहेको समेत विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् । टिममा युएसएआईडीका एसियाका लागि कार्यवाहक सहायक प्रशासक अन्जली कौर समेत रहेकी छिन् ।

भारतको धर्मशालास्थीत तिब्बती धर्मगुरु दलाई लामासँगका भेटवार्तासहितका कार्यक्रम सकेर उनी नेपाल आउन लागेकी हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत राजनीतिक दलका उच्च नेतृत्वलाई भेट्ने कार्यक्रम तय भएको छ ।

जेयाको यो भ्रमणप्रति  बेइजिङले आफ्नो चासो प्रकट गरेको छ।

बिहीवारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भने, “तिब्बतसम्बन्धी अमेरिकी विशेष संयोजक भनिएको त्यो नियुक्ति नै चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप हो। चीनले यसलाई जोडदार रूपमा विरोध गरिरहेको छ र कहिल्यै पनि स्वीकार गरेको छैन।”

उनले तिब्बत चीनको अङ्ग रहेको भन्ने आफ्नो प्रतिबद्धता अमेरिकाले स्वीकार गर्नुपर्ने र तिब्बतसँग जोडिएका विषयका नाममा ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने’ बताए।
एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आएको नेपालका लागि उनको भ्रमण कूटनीतिक दवावका रुपमा हुन लागेको नेपाली अधिकारीहरुको बुझाई छ । नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ बर्ष पुगेको अवशरमा यो भ्रमण हुन लागेको नेपाली अधिकारीहरुले बताएका छन् ।

अमेरिकाले आर्थिक सहायता फण्डमार्फत कम्तीमा अर्को ८० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गर्ने बृहत खर्च विधयेक गत मार्चमा पारित गरेको थियो ।

यसै महिनाको सुरुमा एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेका थिए । उनले नेपालका अधिकारीहरुसँग भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका थिए ।

गतमहिना अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेका थिए । उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com