६ सय ३९ पालिकाको मत परिणाम : कांग्रेस २८३, एमाले १७८ र माओवादी केन्द्र ११२ पालिकामा विजयी


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ३९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेस २ सय ८३  वटा पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले नगरपालिकामा एक सय वटाभन्दा धेरैमा जित हासिल गरेको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म १७८ वटा पालिकाको प्रमुख पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८३ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com